back
NMB ad

धितोपत्र बोर्डमा आचार्य, पाण्डे र चापागाईँको चर्चा, नेप्सेमा कसले मार्ला बाजी ?

Kumari bank ad

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड र फ्रन्टलाइनर रेगुलेटर नेपाल स्टक एक्सचेन्ज (नेप्से) अहिले नेतृत्व बिहीन बनेको छ ।

दुवै निकायले छठ पर्वपछि मात्रै नेतृत्व पाउने सम्भावना देखिएको छ । दुवै निकायका प्रमुख सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि जागिर गएपछि यति बेला यी दुई निकाय नेतृत्व बिहीन बनेका छन् ।

जसमा नेप्सेबाट सिइओ चन्द्रसिंह साउदले नैतिकताको आधारमा पदबाट राजीनामा दिइसक्नु भएको छ भने धितोपत्र बोर्डमा अध्यक्षको रुपमा रहेका भिष्मराज ढुंगानालाई सरकारले नै बर्खास्त गरेको छ ।

सरकारले नै बर्खास्त गरेपछि दुवै निकायमा नयाँ नेतृत्वका चर्चा सुरु भएको छ ।धितोपत्र बोर्डले ४०० भन्दा बढी कम्पनीको नियमन गर्ने छ ।

सबैभन्दा बढी कम्पनीको नियमन गर्ने निकाय धितोपत्र बोर्ड नै हो । पछिल्लो नेतृत्वले विभिन्न बाहनामा बोर्डलाई छोटी भन्सारको रुपमा चरितार्थ गरेको जानकारहरुको तर्क छ । सले गर्दा पनि यहाँ जानको लागि धेरैले सकेको शक्ति प्रयोग गर्न थालेका छन् । बोर्ड र नेप्सेको नेतृत्व गर्नको लागि नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसको नेताका मान्छे मात्रै जान पाउने छन् ।

अहिले निकै चर्चामा रहेको नाम भनेको चार्टर्ड एकाउन्टे संस्थाका पूर्व अध्यक्ष तथा कर्मचारी सञ्चय कोषका प्रशासक सिए कृष्णप्रसाद आचार्य, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक तथा सूर्य लाइफ इ्रन्स्योरेन्सका पूर्व सिइओ समेत रहेका शिवनाथ पाण्डे, बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाइँको नाम चर्चामा रहेको छ ।

चापागाईँ बीमा समितिकोे अध्यक्ष हुँदा ल्याएको कोरोना बीमाले बीमा क्षेत्रका साथै सरकारको छवि समेत धमिलो बनाएको, बीमा गरेपछि पैसा पाइदैन भन्ने आलको जनतामा सन्देश नै गएपछि उहाँको सम्भावनामा धेरैले प्रश्न गरिरहेका छन् ।

पुँजी बजारमा नेतृत्व गर्ने व्यक्तिको व्यवहार, बोलिचालिले पनि सेयर बजारलाई निकै प्रभाव पार्ने गर्छ । त्यसैले पुँजी बजारलाई गहिराइबाट बुझ्ने, बहकाउमा नलाग्ने, निवर्तमान नेतृत्व जस्तो स्वार्थ प्रेरित व्यक्ति बोर्ड तथा नेप्सेमा आउन नहुने एक पुराना सेयर लगानीकर्ताले बनाउनुभयो ।

‘बोर्डले असार १ गते निकालेको ५१ कम्पनीको सुची, नियामक निकायका प्रमुख आउनासाथ १० कित्ता नीति परिमार्जन गर्न तर्फ लागेको, एकाघरका परिवारको सदस्यको नाममा सेयर किन्ने, भित्री कारोबार थाहा पाउँदा पाउँदै पनि आँखा चिम्लनु, स्वार्थ समुहुसँग नजिक रहनु, सञ्चालकमा आउने व्यक्तिको बारेमा जानकारी नराख्नु र बहकाउमा निर्णय गर्ने खालको व्यक्ति बोर्डमा हुन नहुने उहाँको भनाई छ ।’

यता नेप्सेको सिइओमा भने एक जनाको नाम मात्रै चर्चामा रहेको छ । अर्थ मन्त्रालय निकट स्रोतका अनुसार नेप्सेमा सिइओको लागि दिपक गौतमको नाम चर्चामा रहेको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार अहिले सरकारले पुँजी बजारलाई राम्रोसँग बुझेको व्यक्तलाई नियुक्त गर्ने तयारीमा रहेको छ । त्यसको लागि गौतम मात्रै नभएर अन्य कुनै व्यक्ति पनि हुन सक्ने ति अधिकारीको भनाई छ ।

ति अधिकारीका अनुसार बोर्ड तथा नेप्सेमा यसअघिको नेतृत्व जस्तो नभइ लगानीकर्ताको हितमा काम गर्न सक्नेमान्छे लैजाने तयारी भइरहेको छ । नेप्से  नेतृत्व अब दर्शै तिहार, छठ पर्वपछि मात्रै नियुक्त गर्ने तयारीमा रहेको बताइएको छ ।

वि.सं.२०७८ असोज २२ शुक्रवार १२:३० मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...