back
NMB ad

ल्याण्डफिल्ड साइट सार्ने निर्णयविरुद्ध स्थानीय आन्दोलित

Kumari bank ad

पोखरा । पोखरा महानगरपालिकाले ल्याण्डफिल्ड साइट सार्ने भएपछि भलाम र मौजाका स्थानीय आन्दोलित भएका छन् । पोखरा महानगरपालिका कार्यपालिका बैठकले सूचना नै नदिई ल्याण्डफिल सार्ने निर्णय गरेपछि निर्णय सच्याउन माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् ।

निर्णय सच्याउन माग गर्दै पोखरा–२० का वडाध्यक्ष सीम गुरुङको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । संघर्ष समितिले विरोध प्रदर्शनसहित बुधबार प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई ज्ञापनपत्र बुझाएको छ । ‘ल्याण्डफिल्ड साइट स्थानान्तरण गर्नुपर्ने अवस्थाबारे हामी जानकार छौं । तर कुन कुन ठाउँमा जग्गा खोज्यो र कुन जग्गा उपयुक्त भनि सिफारिस ग¥यो, त्यसबारे जानकारी थिएन र छैन,’ ज्ञापनपत्रमा भनिएको छ, ‘अहिले कार्यपालिका निर्णयको हवला दिँदै विभिन्न सन्चार माध्यममा आएको समाचारले हामी अचम्मित छौं । स्थानीय र जनप्रतिनिधिलाई समेत कुनै जानकारी नै नदिई वडा नम्बर २० को जग्गा उपयुक्त भनि सिफारिस गरेकोमा ध्यानाकर्षण भएको छ ।’

सिफारिस समितिले स्थलगत परिस्थिति, त्यहाँका खानेपानी मुहान र त्यसले पार्न सक्ने वातावरणीय र सामाजिक प्रभावको आंकलन नै नगरी हचुवाको भरमा सिफारिस गरेको स्थानीयको आरोप छ । ‘कार्यपालिका बैठकमा स्थानीयलाई चित्त बुझाएर मात्रै ल्याण्डफिल्ड साइट सार्ने सहमति भएको भनिएपनि हालसम्म कुनै छलफल भएको छैन,’ अध्यक्ष गुरुङले भने, ‘कुनै पनि हालतमा त्यहाँ ल्याण्डफिल साइट राख्न सम्भव नभएकोले यो निर्णय फिर्ता लिन संघर्ष समिति जोडदार माग गर्छ ।’

उनले स्थानीयको मागलाई बेवास्ता गरि ल्याण्डफिल्ड सार्ने गतिविधिअघि बढाए चरणबद्ध रुपमा संघर्षका कार्यक्रमअघि बढाइने चेतावनी दिए । आन्दोलनबाट सिर्जना हुने परिस्थितिको महानगर नै जिम्मेवार हुने उनको चेतावनी छ । अहिले त्यहाँको मुलबाट आएको पानी काहुँ र भलाम क्षेत्रका नागरिकले पिउँछन् । पानीको अन्य श्रोत नभएको भन्दै ल्याण्डफिल्डको विकल्प खोज्न उनीहरूले सुझाव दिए ।

पोखरा महानगरपालिकाले अन्तराष्ट्रिय विमानस्थल रुटमा पर्ने हालको सेनेटरी ल्याण्डफिल्ड साइट पोखरा वडा नम्बर १६ र २० को सीमाना पश्मराङमा सार्ने निर्णय गरेको छ । यसका लागि पोखरा–१६ का वडाध्यक्ष जीवन आचार्यको संयोजकत्वमा जग्गा खोजी समिति गठन भएको थियो । सोही समितिको सिफारिसका आधारमा पश्मराङलाई कायम गरिएको हो ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १६:१५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...