back
NMB ad

बढ्दो भ्रुण हत्याले महँगिँदै मधेसका महिला

Kumari bank ad

सप्तरी । तराई मधेसमा छोरीको संख्या पहिलेको तुलनामा न्यून हुदै गएको छ। तराई मधेसमा बसोबास गर्ने मधेसी बाहुन, यादव, देव, कायस्थ, राजपुत, साह, दासलगायत अधिकांश जातमा पाँच वर्ष अगाडिसम्म पनि दाईजो नलिएर छोरीको बिवाह हुन मुस्किल थियो । तर, पाँचको वर्षको बीचमै आश्चार्य लाग्ने गरी परिवर्तन आएको छ । राजविराज-६ की ६७ वर्षीय उर्मिला देवका अनुसार अहिले दाईजोविनै छोरीको विवाह गर्न सकिने अवस्था छ । बरू छोराको विवाह गर्न गार्हो हुन थालेको देवको अनुभव छ।

राजविराज नगरपालिका-२ की ६५ वर्षीया अम्बिका देवका अनुसार पहिले पहिले शिक्षित, सक्षम, आत्मनिर्भर छोरी भए पनि केटी पक्षले नै गएर दाईजोसहित प्रस्ताव गर्नुपर्ने बाध्यता थियोे । तर, पनि प्रस्ताव स्वीकार गराउँन सजिलो थिएन् । किन भने केटीवालाको ओइरो लाग्थ्यो । दाइजोसहित केटी छानेर केटापक्षले विवाह गर्न पाउँथे।छोरीकावलाहरू सबैको मुखमा हुन्थ्यो, मेरी छोरीको लागि एउटा केटा खोज्नु न १ु तर, अहिले त्यस्तो नरहेको राजविराज-५ की ४५ वर्षीया सुनिता देवले बताईन् । उनले भनिन्,झअहिले मेरी छोरीको लागि केटा खोजी दिनु न भन्ने पर्दैन । मेरो छोराको लागि संक्षम केटी खोजिदिनु, दाईजो नलिई विवाह गर्छु भन्ने दिनप्रतिदिन बढ्दै गएको छ ।

राजविराज नगरपालिका-२ की कबिता झाले पनि दुई वर्षयता एक दर्जन भन्दा बढी छिमेकी, चिनजान भएका आफन्तलगायतले छोराका लागि संक्षम केटी खोजिदिन आग्रह गरेको बताइन् । शिक्षित र संक्षम केटी पाएमा दाईजो नलिई विवाह गर्न शुरूमै प्रतिबद्ध रहेको झाको भनाइ छ। उनी थप्छन्, झहिजोआज मेरो छोरीको लागि केटा खोजिदिनुस् कसैले भन्दैनन् । सबैले छोराको लागि केटी खोजिदिनु भन्छन्।

राजविराज-७ की सुनिता साहकी एक छोरा र चार छोरी छन् । छोरो जेठो हो र उनी ईन्जिनियर हुन् । छोरी बिएस्सी नर्सिङ पढेकी छिन्। माईली छोरी इन्जिनियरिङ अन्तिम वर्षमा छिन् । साइली आईएस्सी गर्दैछिन् । कान्छी भर्खरै स्कूल पढ्दैछिन् । एउटा छोरोपछि लगातार चार छोरी जन्मिदा उनीहरूको विवाह कसरी गर्ने कहाँबाट दाईजो ल्याउने रु भनेर उनी पहिला निकै चिन्तित हुन्थिन् । उनले भनिन,झअहिले ठीक उल्टो भएको छ । छोराको विवाह गर्नु पर्ने दाईजो नलिई विवाह गर्न तयार भए पनि बुहारी भेट्न गार्‍हो भएको छ। बरू जेठी र माहिली छोरीसँग दाईजो नलिई विवाह गर्ने प्रस्तावहरू धमाधम आउन थालेको साहले बताइन ।

केही समयअघिसम्म मधेसी समुदायमा छोरीको विवाहलाई लिएर अभिभावकहरू निकै चिन्तित हुने गर्थे । विवाह गर्ने उमेर भएकी छोरीका अभिभावकको मुखैमा हुन्थ्यो, ‘मेरी छोरीको लागि एउटा केटा खोज्नु न ।’ तर, अहिले समय बदलिएको छ । अब छोरीका बाबुहरू केटा खोज्नु न भन्दैनन् । अचेल त छोराका बाबुहरू नै मेरो छोराका लागि कोही योग्य केटी भए भन्नुहोला है भन्छन् । उनीहरू दाइजो नलिइकनै विवाह गर्न समेत राजी हुन थालेका छन् ।

मधेसमा यस्तो अवस्था आउनुको प्रमुख कारण हो लिंग पहिचानपछि गरिने भ्रुण हत्या । ‘छोराले वंश धान्ने’ अन्धविश्वासले मधेसका केही समुदायमा गर्भमा छोरी भए हत्या समेत गर्ने चलन रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । जसका कारण ती समुदायमा अहिले छोरीको संख्या निरन्तर घटिरहेको छ । भ्रुण हत्या गर्नेमा धेरैजसो शिक्षित र सचेत परिवार नै हुने गरेको उनीहरू बताउँछन् ।

यस्ता परिवारमा पहिलो सन्तान छोरा भयो भने दोस्रो सन्तान छोरी स्वीकार्य हुन्छ । यस्तो अवस्थामा लिंग पहिचान पनि हुँदैन । तर, पहिलो सन्तान छोरी जन्मिएर दोस्रो सन्तान पनि छोरी हुँदैछ भन्ने थाहा भएपछि अधिकांशले भ्रुण हत्या गर्ने प्रवृत्ति रहेको स्रोतको भनाइ छ । तराई मधेसमा बसोबास गर्ने मधेसी बाहुन, यादव, देव, कायस्थ, राजपुत, साहलगायत जातमा पाँच वर्ष अगाडिको मात्रै कुरा गर्ने हो भने दाइँजो नलिएर छोरीको विवाह हुन्छ भन्ने कल्पना समेत गर्न सकिदैन थियो । शिक्षित, सक्षम, आत्मनिर्भर छोरी भए पनि केटी पक्षले नै गएर दाईजोसहित प्रस्ताव गर्नुपर्ने बाध्यता थियोे । तर, पनि प्रस्ताव स्वीकार गराउँन सजिलो थिएन । किनभने केटीवालाको ओईरो हुन्थ्यो । दाईजोसहित केटी छानेर केटापक्षले विवाह गर्न पाउँथे ।

छोरीको संख्या कम भएपछि छोरी महत्व बढ्नु स्वभाविक भएको अधिकारकर्मी रमिता साहले बताइन् । तर, अझै पनि मधेसमा छोरा र छोरीबीत धेरै नै भेदभाव छ । छोरालाई एकदमै महत्व दिँदै आएकोले भ्रुण हत्याको चुनौति दिनप्रतिदिन बढ्दै गएको साह बताउँछिन् । यसप्रति व्यक्ति, परिवार, समाज तथा हरेक पक्ष गम्भीर हुनु जरुरी देखिन्छ ।

यस्तै, नगरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भंसाली आगामी दिनमा छोराको विवाह गर्न केटी पाउन गार्हो हुने अवस्था आउन सक्ने बताउँछन् । छोरीको संख्या कम भएपछि उनीहरूको माग बढ्नु स्वभाविक भएको भंसालीको भनाइ छ।

परिवार नियोजन संघ सप्तरी शाखाको तथ्यांकअनुसार सन २०२१ मा ६५, सन २०२० मा ५१ तथा सन २०१९ मा एक सय ३७ जना महिलाले सुरक्षित गर्भपतनको सेवा लिएका छन्। संघका शाखा प्रबन्धक विद्याकिशोर सिंहले सन् २०२० र २०२१ मा कोरोनाका कारण सेवाग्राही घटेको बताए। स्वास्थ्य कार्यालय सप्तरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा ७३, भदौमा ४६ र असोजमा २६ महिलाले सुरक्षित गर्भपतन गरेका छन् ।

आर्थिक वर्ष २०७७र७८ मा ६ सय ५३ ,जना २०७६र७७ मा चार सय २५ जना र आर्थिक वर्ष २०७५र०७६ मा ६ सय पाँच जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए।

यस्तो अवस्थामा मात्रै भ्रुण हत्या
हाडनाता करणी, आमाको ज्यान जोखिममा पर्ने देखिए, अपांगता भएको बच्चा जन्मने अवस्था देखिए १२ सातासम्म गर्भपतन गर्न सक्ने कानुनी प्रावधान छ । गर्भपतन अस्पताल, परिवार नियोजन संघ, निजी क्लिनिकलगायतमा मात्रै गर्ने पाइने भए पनि अवैध रुपमा गरिने गर्भपतनको रेकर्ड समेत राख्ने नगरेको नाम नबताउने सर्तमा एक चिकित्सकले बताए ।

पहिले पहिले लिंग पहिचान गरेर भ्रुण हत्या गर्न मिल्छ भन्ने बिषयमा अधिकांशलाई थाहा थिएन । धेरै स्रोतसाधन पनि थिएन । छोराको बाटो हेर्दाहेर्दौ जति छोरी जन्मिदा पनि स्वीकार्य हुन्थ्यो ।

 

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १४:४२ मा प्रकाशित

You can share this post!

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...