back
NMB ad

राष्ट्र बैंकको सिको गर्दै सहकारी विभाग, सहकारीलाई व्यवस्थित गर्न पहिलोपटक एकीकृत निर्देशन जारी गर्दै

Kumari bank ad

काठमाडौ । सहकारी क्षेत्रमा विकृतिहरु फैलदै गएपछि सहकारी विभागले एकीकृत निर्देशन ल्याउन तयारी गरिरहेको छ । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकको सल्लाहमा सहकारी विभागले यस क्षेत्रलाई व्यवस्थित पार्न भन्दै एकीकृत निर्देशन ल्याउने तयारी गरेको हो ।

अर्को अर्थमा भन्दा हामीले पनि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई दिने निर्देशन जस्तैगरी एकीकृत गरे निर्देशन ल्याउन लागेका हौ विभागका रजिष्टार डा.झलकराम अधिकारीले भने ।
उनका अनुसार विगतमा विभागले दिएको छोटा छोटा निर्देशनहरु र विभागले नयाँ जारी गर्न लागेको निर्देशनलाई एकैठाउँमा राखेर नयाँ एकीकृत निर्देशन ल्याउने छ ।

विभागले पहिलो चरणमा राष्ट्रिय सहकारी महासंघ लगायत सहकारी क्षेत्रका केन्द्रिय निकायहरुको सुझाव संकलन गरेको थियो भने दोस्रो चरणमा सहकारी अभियानका नेताहरुको सुझावहरु संकलन गरेको थियो । सम्बन्धीत निकायको सुभावपछि मंगलबार अन्तिम चरणका लागि अभियानसँगको छलफलपछि ५७ वटा बुदामा निर्देशन दिनेगरी तयारी गरेको छ ।

सो निर्देशनमा सहकारीले लिने सेवा शुल्कदेखि उनीहरुको कार्यक्षेत्र, आन्तरिक शुसासन, अन्तरसहकारी कारोबारलाई कन्ट्रोल गर्ने विषयहरु समावेश गरिने रजिष्टार डा. अधिकारीले जानकारी दिए ।

रजिष्टार डा. अधिकारीका अनुसार विभागले ५७ वटा बुदा भएको एकीकृत निर्देशनलाई अझ कम गर्ने तयारीका साथ थप छलफल भइरहेको र आइतबार फागुन १ गते निर्देशन जारी गर्ने जानकारी दिए ।

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ पूर्णरुपमा कार्यान्वयन गर्न निर्देशनले सहजीकरण गर्ने विभागले जनाएको छ । त्यस्तै निर्देशनमा दोहोरो सदस्यता, मुख्य कारोबार, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरणलगायत धेरै विषय कार्यान्वयन हुन नसकेकोले त्यसलाई थप सहजीकरण गरी कार्यान्वयनमा ल्याउनेगरी निर्देशन जारी गरिने विभागले जनाएको छ ।

विभागले सहकारी ऐन २०७४ जारी भएपछि पहिलोपटक एकीकृत निर्देशन जारी गर्न लागेको हो । ऐनमा रजिस्ट्रारले सहकारी संस्थाका लागि निर्देशन जारी गर्ने व्यवस्था छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रावधान कार्यान्वयनका लागि पनि एकीकृत निर्देशनमा १७ वटा बुदा राखिएको छ ।

शंकास्पद तथा सीमाभन्दा बढीको कारोबारको रिर्पोटिङको प्रावधान कार्यान्वयनमा जोड दिन पनि निर्देशनले सघाउने छ । त्यस्तै ५ प्रतिशत भन्दा बढी खराब कर्जा भएका सहकारीको लाभांशमा रोक लगाउनुका साथै सेवाकेन्द्रमा पनि कडाइ गर्ने विभागको तयारी छ ।

वि.सं.२०७८ माघ २७ बिहीवार १३:२८ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...