back
NMB ad

सरकारले घटायो बजेट, आर्थिक बृद्धिको लक्ष्य भने उही

Kumari bank ad

काठमाडौ । खर्च हुन नसक्ने भएपछि सरकारले बजेटको आकार घटाएको छ । प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटमा सरकारले ८६ अर्ब घटाएको हो । तत्कालिन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको बजेटमा नै १५ अर्ब घटाएर बजेट प्रस्तुत गरेका शर्माले खर्च हुन नसक्ने भएपछि बजेट थप घटाएका हुन् ।

सरकारले विहिबार बजेटको अर्धबार्षिक समिक्षा गर्दै बजेटको आकार खुम्च्याएर १५ खर्ब ४६ अर्ब २८ करोड बनाएको छ । यसअघि प्रतिस्थापन बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ थियो । त्यस्तै सरकारले पुँजीगत खर्च ९०.१ प्रतिशत हुने भन्दै पुँजीगत खर्चको लक्ष्यपनि घटाएर ३ खर्ब ४० अर्ब ३२ करोडमा सिमित राखेको छ ।

त्यस्तै चालुखर्चमा भने जम्मा २.८ प्रतिशत मात्र घटाएर १० खर्ब ३५ अर्ब ४६ करोड रुपैयाँ राखेको छ। त्यसैगरी वित्तिय व्यवस्थापनतर्फ ९० प्रतिशत अर्थात १ खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ कायम गरेको छ ।

बैदेशिक ऋणको लक्ष्य पनि ७६ अर्ब ८३ करोडले घटाएको छ । प्रतिस्थापन विधेयक मार्फत सरकारले २ खर्ब ८३ अर्ब ९ करोड उठाउने बताएपनि कतिपय बैदेशिक ऋणका लागि कूनैपनि प्रोसेस नभइकन नै बजेटमा राखिएकोले सो रकम घटाएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् ।

घटाएपछि सरकारले बैदेशिक ऋणतर्फ २ खर्ब ६ अर्ब ४६ करोड रुपैयाँ बैदेशिक ऋण उठाउने लक्ष्य राखेको छ । तर सरकारले बैदेशिक अनुदानमा पनि ९२ करोड रुपैयाँले घटाएर ५० अर्बको लक्षय राखेको छ ।

त्यस्तै सरकारले आन्तरिक ऋण र राजस्वको लक्ष्य भने परिवर्तन गरेको छैन । यसरी बजेटको आकार सानो बनाएपनि स्थानीय तहको निर्वाचन हुने भएपछि आर्थिक क्रियाकलापहरु बढ्ने भन्दै आर्थिक बृद्धिदरको लक्ष्यमा भने कुनै परिवर्तन गरेको छैन । सरकारले आथिृक बृद्धिदर भने सात प्रतिशत नै हुने दावी गरेको छ ।

 

वि.सं.२०७८ माघ २७ बिहीवार १६:३३ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...