back
NMB ad

नेपाल बैंकले देशैभरि भब्य रुपमा मनायो “ग्लोबल मनि विक”

Kumari bank ad

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले देशै भरि वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरि ग्लोबल मनि विक भब्य रुपमा सम्पन्न गरेको छ ।

बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसहरुलाई वित्तीय चेतना प्रदान गरि वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको जनाएको छ ।

ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनि विक को स्थायी नारा “लर्न सेभ अर्न” लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

बैंकका सात वटै प्रदेश अन्तर्गतका शाखाहरुले विद्यार्थी, महिला, किसान, उद्यमी लगायत समाजका विभिन्न बर्गका व्यक्तिहरु लाभान्वित हुने गरि विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

बाग्मती प्रदेश अन्तर्गत १७, लुम्विनी प्रदेश अन्तर्गत २५, प्रदेश नं १ अन्तर्गत २३, मधेश प्रदेश अन्तर्गत १९, सुदुरपश्चिम र कर्णाली प्रदेश अन्तर्गत ३ वटा शाखाहरुमा गरि कुल ८७ वटा स्थानमा उक्त कार्यक्रमहरु सञ्चालन गरिएको र ती कार्यक्रमहरुमा करिब ५००० सहभागि रहेका थिए ।

नेपाल बैंकले यस आर्थिक बर्षको योजना तथा कार्यक्रममा नै वित्तीय साक्षरतालाई बिशेष जोड दिएको र सोहि अनुरुप वित्तीय साक्षरता अभियान यो बर्षभरि नै सञ्चालन हुने बैंकले जनाएको छ ।

हालसम्म बैंकले आफ्ना १६० शाखाहरुबाट करिब १५००० सहभागिहरुलाई वित्तीय साक्षरता प्रदान गरिसकेको छ ।

वि.सं.२०७८ चैत १६ बुधवार ११:२५ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...