back
NMB ad

५० प्रतिशतले घट्यो नाडेप लघुवित्तको नाफा: प्रतिसेयर आम्दानीमा पनि गिरावट, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बुधवार कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा गिरावट देखिएको छ ।चालु आवको चैतमसान्तसम्ममा कम्पनीले ५ करोड ६९ लाख ३ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४९.९८ प्रतिशतले कमी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले ११ करोड ३७ लाख ६० हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि १९.१४ प्रतिशतले घटेर २९ करोड १७ लाख २५ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीको यो आम्दानी ३६ करोड ७ लाख ९६ हजार रुपैयाँ रहेको थियो ।

चालु आवको तेस्रो त्रैमासमा कम्पनीको संचालन मुनाफा पनि घटेको छ । गत वर्षको चैत मसान्तसम्ममा १७ करोड ७८ लाख २८ हजार रुपैयाँ मुनाफा गरेको कम्पनीले यो वर्षको सोही अवधिमा भने ५१.२० प्रतिशतले घटेको हो । चालु आवको तेस्रो त्रैमासमा कम्पनीको यो मुनाफा ८ करोडग ६७ लाख ७८ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ३३ करोड ७९ लाख ४५ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि ०.८२ प्रतिशतले घटाएर ४.९२ प्रतिशतमा झारेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानीमा पनि ३१ रुपैयाँ ८५ पैसाले घटेर १५ रुपैयाँ ६२ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ५७ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख १४ बुधवार १०:१९ मा प्रकाशित

You can share this post!

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...