back
NMB ad

टेलिकमको नाफा ५ अर्ब ४३ करोड : प्रतिसेयर आम्दानीमा गिरावट, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७८÷७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनमा ७.६३ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीले बिक्री आम्दानी २.८० प्रतिशतले वृद्धि भई २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीको यो आम्दानी २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, चालु आवको नौ महिनाको अवधिमा कम्पनीको कुल आम्दानी पनि २.७२ प्रतिशतले वृद्धि भई ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ७४ अर्ब ११ करोड ७७ लाख ३ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४ पैसाले घटेर ४० रुपैयाँ २६ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५११ रुपैयाँ ७७ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख २८ बुधवार ११:२५ मा प्रकाशित

You can share this post!

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:४६

अच्युत रेग्मी गङ्गाजमुना (धादिङ), २४ वैशाख : स्वच्छ हावापानी, घना...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...