back
NMB ad

दुई कम्पनीको आईपीओ आउँदै: निष्काशनका लागि बोर्डमा दिए निवेदन, कुनको कति ?

Kumari bank ad

काठमाडौं । आईपीओ निष्काशनका लागि दुई कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेका छन् ।

आईपीओ निष्काशनका लागि श्रृजनशील लघुवित्त वित्तीय संस्था र माया खोला हाइड्रोपावर कम्पनीले बोर्डमा निवेदन दिएका हुन् ।

श्रृजनशील लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्नको लागि वैशाख २२ गते सेबोनमा निवेदन पेश गरेको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ ।

यस्तै, माया खोला हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न बोर्डमाव निवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

आईपीओ निष्काशनको लागि कम्पनीले बैशाख २८ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

वि.सं.२०७९ जेठ ५ बिहीवार ११:१५ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...