back
NMB ad

कृषि विकास बैंकले पूर्व कर्मचारीहरुको स्वास्थ्य बीमा गरिदिने, अवधि र बीमाङ्क कति ?

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकले पूर्व कर्मचारीहरुको स्वास्थ्य बीमा गरिदिने भएको छ ।

बैंकले पूर्व कर्मचारीहरुको १ वर्ष अवधिको लागि १ लाख रुपैयाँको सामुहिक स्वास्थ्य उपचार बीमा गर्न लागेको हो ।

बिहीबार एक सूचना निकाल्दै बैंकको जनशक्ति व्यवास्थपान विभागले पूर्व कर्मचारीहरुको सामुहिक स्वास्थ्य बीमा गर्नुपर्ने भएकाले निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त बीमाका लागि बैंकका कम्तीमा १५ वर्ष स्थायी, अस्थायी वा मासिक पारिश्रमिक, करारमा सेवा गरेका ७० वर्षभित्रका पूर्व कर्मचारी हुनुपर्ने बताइएको छ ।

पूर्व कर्मचारीहरुले आफू बसोबास गरेको वा पायक परेको बैंकको नजिकको कार्यालयमा निवेदन पेश गुर्नेछ ।

कृषि विकास बैंक लिमिटेड, कर्मचारी सेवा विनियमावलीको परिच्छेद ७ बमोजिम सजाय भई बैंकले बर्खास्ता गरेको वा अदालतबाट दोषी ठहर सजाय भएका कर्मचारीहरुलाई भने यो सुविधा नरहेको सूचनामा उल्लेख छ ।

यस्तै, निवेदनको साथमा बैंकले जारी गरेको पूर्व कर्मचारी परिचय पत्र वा प्रमाण पत्र र नागरिकताको फोटोकपि पेश गर्नुपर्नेछ ।

वि.सं.२०७९ साउन १२ बिहीवार ११:५८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...