back
NMB ad

हिमालयन हाइड्रोपावरको आईपीओले कति पायो त पहिलो कारोबारका लागि ओपन रेञ्ज ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन हाइड्रोपावरको आईपीओ सूचीकृत भएको छ ।

शुक्रबार कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको हो । कम्पनीको स्टक सिम्बोल एचएचएल रहेको छ । उक्त सेयर अब आइतबारदेखि कारोबारमा आउने छ ।

नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि ६७ रुपैयाँ ९६ पैसादेखि २२८ रुपैयाँ ९९ पैसा ओपन रेञ्ज तोकेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ ३३ रहेको छ । त्यसकारण कम्पनीको आईपीओले ६७ रुपैयाँ ९६ पैसादेखि २२८ रुपैयाँ ९९ पैसा ओपन रेञ्ज तोकेको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले असार १५ गतेबाट १९ गतेसम्म कुल १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट वितरण गरिएको थियो । गोलाप्रथामार्फत १ लाख ८३ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् ।

जसमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन परेको थियो । जसमध्ये १ हजार ७५८ जनाको आवेदन रद्द भएको थियो ।

वि.सं.२०७९ साउन २० शुक्रवार १२:४१ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...