back
NMB ad

एउटै बाख्राले जन्मायो छवटा पाठापाठी

Kumari bank ad

चितवन । चितवनको भरतपुरमा एउटा बाख्राले स्थानीयलाई आश्चर्यमा पार्दै छवटा पाठापाठी जन्माएको छ । तीनवटासम्म पाठा जन्माएको कहिलेकाहीँ सुनिने भएपनि छवटा जन्माएको भने दुर्लभ मानिन्छ ।

 

भरतपुरस्थित कृष्णपुरका किसान आनन्द अधिकारीले पालेको बाख्राले छवटा पाठापाठी जन्माएको हो । चारवटा पाठा र दुईवटा पाठी जन्माएको किसान आनन्द अधिकारीले जानकारी दिए ।

 

यसअघि पहिलो बेतमा तीनवटा, दोस्रोमा दुईवटा र तेस्रो बेतमा चारवटा पाठापाठी जन्माएको बाख्राले योपटक छवटा जन्माएपछि गाउँमा बाख्रा हेर्नेको भिड लागेको अधिकारीले बताए । आज मध्याह्न १२ बजे पाठापाठी जन्माएपछि दिनभर नै हेर्नका लागि स्थानीयको भिड देखिएको थियो ।

 

चारवटासम्म बाख्राले जन्माउने गरेपनि पाँचवटा भने आश्चर्यमै पर्ने घटना हुने पशु विकास कार्यालयले जनाएको छ । अधिकारीले जन्मिएका पाठापाठी र बाख्रो स्वस्थ रहेको जानकारी दिए ।

१७ माघ, २०७२

वि.सं.२०७२ माघ १७ आइतवार ०८:३७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...