back
NMB ad

३५ दिनपछि देशभरका ठूला क्यासिनोहरु बन्द हुँदै

Kumari bank ad

काठमाण्डौं । होटेलमा क्यासिनो सञ्चालन गरेवापत सरकारलाई तिर्नुपर्ने राजश्व नतिरेपछि पर्यटन विभागले कर तिर्न देशका विभिन्न क्यासिनोहरु लाई ताकेता गरेको छ । यसका लागि उसले ३५ दिनको म्याद दिएकोछ ।

बिगत बर्षहरुमा नेपालमा सञ्चालन भएका क्यासिनोहरुले सरकारलाई तिर्नुपर्ने राजश्व नबुझाई बक्यौता राखेपछि पर्यटन विभागले कर तिर्न सूचना निकालेको छ । विभिन्न नौ वटा क्यासिनोले आर्थिक बर्ष २०७०७१ को क्यासिनो रोयल्टी समेत गरी आर्थिक बर्ष २०७०७१ सम्मको बक्यौता तिरेका छैनन्।

रोयल्टी नतिर्ने क्यासिनोहरुमा द फूलबारी लिमिटेडको क्यासिनो फूलवारी, होटेल डेला अन्नपुर्ण प्रालिको क्यासिनो अन्ना, याक एण्ड याति होटल लिमिटेडको क्यासिनो रोयल, होटेल एभरेष्ट इन्टरनेसनल लिमिटेडको क्यासिनो एभरेष्ट रहेका छन्। त्यस्तै सोल्टी होटल लिमिटेडको क्यासिनो नेपाल, ओरियण्टल होटेल लिमिटेडको क्यासिनो र्याड, द मल्ल होटेलको क्यासिनो भेनस र ह्याप्पी आवर, रक इन्टरनेसनल नामका दुईवटा मिनि क्यासिनोहरुले पनि राजश्व तिरेका छैनन्।

तोकेको म्यादभित्र राजश्व नबुझाएमा आर्थिक कार्यविधि ऐन २०५५ अनुसार रकम असुल्ने विभागले जनाएको छ।

१७ फागुन २०७२, २.००

वि.सं.२०७२ फागुन १७ सोमवार १४:३७ मा प्रकाशित

You can share this post!

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...