back
NMB ad

प्रदेश ३ ले तोक्यो स्थानीय जनप्रतिनिधिको तलव सुविधा, हेर्नुहोस् कस्को कति ?

Kumari bank ad

काठमाडौं । प्रदेश नम्बर ३ को सरकारले स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधासम्वन्धी विधेयक पास गरेको छ । यो संगै अब स्थानीय जनप्रतिनिधिको तलब सुविधा लिने बाटो खुलेको हो ।

बिहीबार प्रदेश राजधानी हेटौंडामा बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधासम्वन्धी विधेयक पास गरेको हो । यसलाई प्रदेशसभाले अनुमोदन गर्न बाँकी रहेको बताइएको छ ।

सरकारको निर्णयअनुसार महानगरपालिकाका मेयरले ४६ हजार तलब पाउनेछन् । ३ हजार सञ्चार सुविधा थप हुनेछ । दैनिक भ्रमण भत्ता २ हजार तोकिएको छट भने विदेश जाँदा दैनिक २०० डलर पाउनेछ । यात्रा विमा १० लाखको हुने विधेयकमा उल्लेख छ ।

उपमेयरले ४० हजार २००० र वडाध्यक्षले २८ हजार पाउनेछन् । यस्तै उपमहानगरका मेयरले ४० हजार २०० र उपमेयरले ३५ हजार र वडाध्यक्षले २५ हजार पाउनेछन् ।

नगरपालिकाका मेयरले ३५ हजार, उपमेयरले ३१ हवार र वडाध्यक्षले २२ हजार तलब पाउनेछन् । गाउँपालिकाका अध्यक्षले ३१ हजार पाउनेछन् भने उपाध्यक्षले २७ हजार र वडाध्यक्षले २० हजार पाउनेछन् ।

जिल्ला समन्वय समितिका प्रमुखले पनि महानगरका मेयरले सरह ४६ हजार तलब पाउनेछन् भने उपप्रमुखले ४० हजार २०० पाउनेछन् ।

यसबाहेक मासिक सञ्चार सुविधाका साथै दैनिक भ्रमण भत्ता, विदेश जाँदा दैनिक भत्ता पनि पाउनेछन् ।

२०७४ चैत १ गते प्रकाशित

वि.सं.२०७४ चैत १ बिहीवार २३:४१ मा प्रकाशित

You can share this post!

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...