back
NMB ad

अनेरास्ववियुको नेता अख्तियार धाउँदै

Kumari bank ad

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगमको व्यवस्थापनले संस्थागत रुपमा कालोबबजारी गरेर उपभोक्ताहरुमाथि लुट मच्चाइरहेको भन्दै दोषीमाथि कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।

अनेरास्ववियुको टोलीले कालोसूचीमा परेको  निजी  क्षेत्रको विराट पेट्रोलियमलाई प्रतिलटर ३१ रुपैयाँ महङ्गोमा पेट्रोल बेच्न दिने निर्णयका पछाडि ठूलो आर्थिक चलखेल रहेको भन्दै चलखेलमा संलग्न पदाधिकारीमाथि कारवाही गर्न माग गरी बुधबार अख्तियारमा उजुरी दर्ता गरेको हो ।

अनेरास्ववियुकी अध्यक्ष नविना लामासहितको टोलीले दर्ता गरेको उजुरीमा विराट पेट्रोलियमसँगको सम्झौता खारेज गर्न तथा  कालोबजारी र संस्थागत भ्रष्टाचारमा संलग्न निगमका पदाधिकारीमाथि कारवाहीको माग गरिएको छ ।

अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अख्तियारका प्रवक्ता पुष्करले सरकारले भारतले नाकाबन्दी लगाएको असहज परिस्थितिमा निजी क्षेत्रमार्फत इन्धन भित्र्याउन गरेको निर्णयलाई निगमको व्यवस्थापनले फाइदा लिने माध्यम बनाएको बताए । उनले  विराट लगायतका ३५ वटा संस्थालाई इन्धन भित्र्याउन दिने निर्णयलाई सरकारले बेवास्ता गरेको परिणाम कालोबजारीयाहरुको मनोबल बढेको र उपभोक्ताहरु मारमा परेको उल्लेख गरे ।

वि.सं.२०७२ चैत ३ बुधवार १४:०९ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...