back
NMB ad

मुख्यमन्त्रीको नेतृत्वमा बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समिति गठन

Kumari bank ad

हेटौँडा । कोरोना भाइरस (कोभिड(१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार लगायतका काम व्यवस्थित र समन्वयात्मक रूपमा गर्नका लागि बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश कोभिड संकट व्यवस्थापन समिति गठन गरिएको छ ।

संघीय सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको कार्य्दिशा अनुसार समिति गठन गरिएको हो ।समितिको सदस्यहरूमा सामाजिक विकास मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री, प्रमुख सचिव, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख र हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत सदस्य छन् ।

समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिवलाई सदस्यमा र मुख्यमन्त्री तथा मन्त्रिपरिषको कार्यालयका सचिवलाई सदस्य सचिवमा मनोनित गरिएको छ ।

समितिले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा सहयोग, समन्वय, सहजीकरण र अनुगमन गर्ने, औषधि उपकरण तथा स्वास्थ्य सामग्रीलगायत आवश्यक वस्तु वा सेवाको आपूर्तिको व्यवस्थापन र अनुगमन गर्नेछ ।

यसैगरी, आवश्यक पर्ने जनशक्तिको व्यवस्थाप गर्ने, अस्पतालहरूको मापदण्डअनुसारको आइसोलेसन र आईसीयूको व्यवस्थापन गर्ने, मापदण्डअनुसारको क्वारेन्टाइनको निर्माण तथा व्यवस्थापनलगायतका कार्य गर्नेछ ।

वि.सं.२०७६ चैत २१ शुक्रवार १७:३६ मा प्रकाशित

You can share this post!

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १६:४०

काठमाडौँ, २ जेठ : निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी...

९ लाख ८१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

९ लाख ८१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ २ बुधवार १६:३६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:०९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा  गिरावट आएको...

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

वि.सं.२०८१ जेठ २ बुधवार १४:५७

 तनहुँ, २ जेठ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...