back
NMB ad

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ३३ नेपालीको मृत्यु

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३३ नेपालीको मृत्यु भएको छ । विभिन्न संचारमाध्यममा आएका समाचार, गोर्खा वेलफेयर ट्रष्ट र भूपू गोर्खा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तिमा ३३ नेपालीको मृत्यु भएको छ ।

यसमा तीन महिला र बाँकी पुरुष छन्। बेलायतस्थित नेपाली राजदूतावासले भने हालसम्म ३१ जना नेपालीको मुत्यु भएको विवरण प्राप्त भएको जनाएको छ ।

दूतावासका प्रवक्ता शरदराज आरणले दूतावासबाहेक वेलफयरले पनि छुट्टै विवरण राखेको र हिजो, १३ वैशाखमा मात्र सो आँकडा प्राप्त भएको बताएका छन्।

गोरखा वेलफेयर ट्रष्टमा अधिकृत तहमा कार्यरत ग्यारी घलेले ट्रष्ट भूपू गोर्खा सैनिकहरूका लागि काम गर्ने संस्था भएकाले बेलायतमा कोभिड-१९ बाट मृत्यु भएका पूर्वगोर्खाहरूको मात्र तथ्यांक राख्ने गरेकोले दूतावाससँगकै तथ्यांक फरक फरक पाइएको हुनसक्ने बताएका छन्। -रासस

वि.सं.२०७७ वैशाख १४ आइतवार ०९:२९ मा प्रकाशित

You can share this post!

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...