back
NMB ad

आइएमईले पुर्याउँदै छ घर-घरमा नै रेमिट्यान्सको सुविधा

Kumari bank ad

काठमाडौ । आइएमईले कोरोनाभाइरसले सिर्जना गरेको विषम परिस्थितिका बीचमा पनि विदेशबाट पठाएको रकम प्राप्त गर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्ट पार्टनर)को प्रत्यक्ष सहभागितामा आफ्नो डिजिटल वालेट सुविधा आइएमई पे मोबाइल वालेट एपलाई पनि सशक्त बनाई रेमिट्यान्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने प्रावधान सुचारू गरेको छ ।

नयाँ सुविधाअन्तर्गत आफुलाई स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिट्यान्स’ आइकनमा क्लिक गन पर्दछ । त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नु पर्दछ ।

प्रकृयाअनुसार आफ्नो वालेट पीन दाखिला गरी तपाईंको रकमको अवस्था एकिन गर्न सकिन्छ । यदि तपाईंलाई पठाएको रकम आइएमई पे एपमा नै प्राप्त गर्नु पर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्त गर्न सकिन्छ । त्यसका अतिरिक्त ‘नियर बाइ एजेन्ट’ माथि ची आफुलाई पायक पर्ने आइएमई काउण्टर भ्रमण गरी आफ्नो पैसा प्राप्त गर्न सकिन्छ ।

यी सवै सुविधा प्राप्त गर्नका लागि आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्दछ ।आइएमईले आइएमई पे मोबाइल वालेट एपबाट नेपाल भित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिट्यान्सको रकम प्राप्त गर्ने सुविधा दिँदै आइरहेको छ । सो रकम यसरी आफ्नो मोबाइल वालेटमा रहँदासम्म उक्त रकमको ब्याज र रू. ५० सम्मको बोनस पनि प्राप्त हुन्छ ।

भौतिक दूरी कायम गरी समुदायस्तरमा कोभिड–१९ रोग नफैल्ययाउन हाल सबैको जिम्मेवारी भएको छ । यस्तो बेलामा रकम त आवश्यक पर्छ नै, तर त्यसलाई कसरी प्राप्त गर्ने भन्ने ठूलो मर्का सेवाग्राहीहरूलाई अवश्य पनि पर्न जान्छ । यस्तो विषम परिस्थितिमा आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनरहरू) ले आइएमई पे वालेटको मद्दतले घरैमा रेमिट्यान्स सेवा उपलब्ध गराउनेछन् ।

परिस्थिति सामान्य हुँदै गएको खण्डमा आफ्नो मोबाइल वालेटबाट पैसा सजिलै झिक्न पनि सकिन्छ । रकम लिँदै आएको एजेन्ट कहाँ गई सजिलै नगद् लिन सकिन्छ । आइएमई पेमा भएको रकमलाई आफ्नो बैंक खाता वा अन्य कसैको बैंक खातामा पनि पठाउन सकिन्छ ।

यसरी डिजिटल प्रणालीबाट विदेशबाट आएको रकम सुरक्षित रूपमा आफ्नै मोबाइलमा प्राप्त गर्न सकिने प्रावधान प्रदान गर्ने आइएमई पहिलो र सबैभन्दा सुरक्षित माध्यम पनि हो ।

वि.सं.२०७७ भदौ १४ आइतवार १६:४५ मा प्रकाशित

You can share this post!

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...