back
NMB ad

अन्तत: असोज १० गतेदेखि विद्यालय संचालन हुने, भर्खरै आयो यस्तो निर्णय !

Kumari bank ad

काठमाडौं । अन्तत: असोज १० गतेदेखि विद्यालय संचालन हुने भएको छ ।

 

 

डडेल्धुराको अजयमेरु गाउँपालिकाले असोज १० गतेबाट विद्यालय सञ्चाल गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण दर शून्य रहेको गाउँपालिकामा अहिले विद्यालय सञ्चालनका लागि अभिभावकको राय सुझाव संकलन भइरहेको छ ।

गाउँपालिकामा रहेका बालबालिकालाई पढाइतिर उन्मुख गर्नका लागि अभिभावकको राय लिन असोज ७ भित्र भेला बोलाई छालफल गर्न पत्राचार गरेको जनाएको छ । अभिभावकसँगको छलफलपश्चात बालबालिकाको पढाइलाई नियमितता दिने गाउँपालिको सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता शिवराज भट्टले जानकारी दिए। शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्रिस्तरीय बैठकबाट पारित निर्णयअनुसार विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा विभिन्न विकल्प प्रस्तुत गरेको थियो। निर्देशिकाको दफा ३३ को उपदफा २ मा कुनै क्षेत्र विशेष कोरोनाको संक्रमण दर हेरी नियमित रुपमा विद्यालय संचालन हुन सक्ने अवस्था भएमा प्रत्यक्ष सिकाइ क्रियाकलापगर्न बाधा हुने छैन भन्ने निर्णयअनुसार अजयमेरु गाउँपालिकाले पनि स्थानीय तहमा अवस्था सामान्य रहेको कुरा उल्लेख गर्दै केही दिन अगाडि विद्यालय खोल्ने पालिकास्तरीय निर्णय पारित गरेको छ ।

कोभिड–१९ को अवस्था अजयमेरु गाउँपालिकामा समान्य रहेको भन्दै अभिभावकसँगको सल्लाहपछि विद्यालय खोल्ने जनाएको छ । भदौ ७ गतेसम्म गाउँपालिकाभित्र रहेका विद्यालयले अभिभावकसँग छलफल गरी सुझाव पेस गर्ने परिपत्रअनुसार भेला बोलाउन लागेको विद्यालयहरूले जनाएको छ ।

वि.सं.२०७७ असोज २ शुक्रवार १६:०९ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...