back
NMB ad

भोलिदेखि सानिमा बैंकको ऋणपत्र विक्रीमा

Kumari bank ad

काठमाडौं । सानिमा बैंकले पुस १ गतेदेखि रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको छ । कम्पनीले वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गर्न लागेको हो ।

कम्पनीले उक्त ऋणपत्रमध्ये २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी १६ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा जारी गर्नेछ ।

सर्वसाधारणमा जारी गर्ने कुल कित्तामध्य ८० हजार कित्ता भने सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । प्रतिकित्ता रू. १ हजार अंकित मूल्यको उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

ऋणपत्रका लागि तोकिएको ब्याजदर भने प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्घवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ । यो ऋणपत्र छिटोमा पुस ५ र ढिलोमा पुस १५ गतेसम्म विक्रीमा रहनेछ ।

विक्री प्रबन्धकमा भने एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट यो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ ।

वि.सं.२०७७ मंसिर ३० मंगलवार १८:०४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...