back
NMB ad

चित्लाङमा चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको धुइरो

Kumari bank ad

टिस्टुङ। अङ्ग्रेजी नयाँ वर्ष २०२१ शुरु हुनै लाग्दा मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ ।

पर्यटक आगमनसँगै नेपालमै पहिलो पटक व्यावसायिकरूपमा शुरु गरिएको चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको धुइरो लाग्न थालेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारी नियन्त्रण गर्न लकडाउन घोषणा भएपछि ‘क्वाड’ को मजा लिन आउने पर्यटकको सङ्ख्या कमी भए पनि दशैँ–तिहारयता क्वाडको आकर्षण बढेको सञ्चालक रामशरण नेपालले बताउनुभयो ।

एक वर्षअघि गेयर नेपाल प्रालि र चित्लाङको चित्लाङ रिसोर्ट प्रालिले संयुक्तरूपमा क्वाड मोटरसाइकलको व्यावसायिक सञ्चालन शुरु गरेका थिए । चित्लाङमा अहिले पाँच वटा क्वाड सञ्चालनमा रहेका छन् ।

चित्लाङ रिसोर्टबाट थाहा नगपालिका–९ चित्लाङ माझगाउँसम्मको कच्ची सडकको करिब सात किलोमिटर खण्डलाई क्वाड सञ्चालनको मार्ग तय गरिएको छ ।

चीनबाट प्रतिथान करिब रु ११ लाख तिरेर भित्र्याइएको क्वाड सञ्चालन गर्न स्थानीय वडा कार्यालयले अस्थायी अनुमति दिएको छ । नेपालमा क्वाड सञ्चालन तथा नियमन गर्ने विषयमा कानूनी व्यवस्था नभएको र कार्यविधिसमेत नभएकाले हाल अस्थायी अनुमति लिएर कच्ची बाटोमा सञ्चालन गरिएको सञ्चालक नेपालले जानकारी दिनुभयो ।

क्वाड मोटरसाइकल विदेशमा खासगरी मरुभूमि, हिलो र सतह नमिलेको बाटोमा साहसिक यात्राका लागि प्रयोग गर्ने गरेको पाइन्छ । चित्लाङमा पनि क्वाड चढ्नेले हिलो, चिप्लो र चट्टानी बाटोमा अझ रमाइलो हुने अनभव सुनाएका छन् ।

भक्तपुरबाट क्वाडको मजा लिन आउनुभएका रञ्जित व्यञ्जनकारले तुसारो पग्लेर हिलाम्मे बाटोमा क्वाड चलाउँदा निकै रमाइलो अनुभव भएको सुनाउनुभयो ।

सात किलोमिटर क्वाड यात्राका लागि रिसोर्टले पर्यटकसँग रु तीन हजार लिने गरेको छ । यात्राअघि रिसोर्टले केही समय आवश्यक निर्देशन दिनुका साथै परीक्षणसमेत गराउने गरेको छ ।

पर्यटक क्वाड यात्राका लागि निस्केपछि रिसोर्टले कर्मचारीमार्फत अनुगमनसमेत गर्ने गरेको छ । यी कामका लागि छुट्टै कर्मचारीको व्यवस्था गरिएको रिसोर्टले जनाएको छ । चित्लाङ धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले मकवानपुरकै प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले यात्री कविता रच्नुभएको गुर्जुधारासहित लिच्छविकालीन ढुङ्गेधारा, पाटी, पौवा, धर्मशाला, नेपालकै पहिलो बाख्राको चिज, ऐतिहासिक झरना, चैत्य, चिःवहा आदिले चित्लाङ पर्यटकीय दृष्टिले महत्वपूर्णस्थलको रूपमा रहेको छ ।

वि.सं.२०७७ पुस १६ बिहीवार ११:५० मा प्रकाशित

You can share this post!

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा  गिरावट आएको...

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

वि.सं.२०८१ जेठ २ बुधवार १४:५७

 तनहुँ, २ जेठ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...