back
NMB ad

लगानीमैत्री वातावरणका लागि निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताउनुभएको छ ।

आज बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तै नीतिका कारण पनि मलेशियाले छोटै समयमा विकास गरेका नमूनाहरुका उदाहरणहरु प्रस्तुत गर्दै ढकालले जबसम्म राज्यले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिँदैन निजी क्षेत्रको लगानी विस्तार हुन सक्दैन भन्नुभयो ।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरु भए पनि निजी क्षेत्रको लगानी आउन नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरुलाई सहजीकरण भन्दा पनि निरुत्साहित गरेको देखिएको छ ।

व्यवसायीजति सबै नाफाखोर मात्र हुन् भन्ने तथा व्यवसायीले राज्यसँग लगानी या व्यवसायमैत्री वातावरण या आफ्नो व्यवासायिक सुरक्षा आदिको माग गर्दा कुनै व्यक्तिका लागि मागेजस्तो व्यवहार राज्यले हेर्ने र परम्परागत दृष्टिकोणहरु अहिले पनि कायमै रहँदा देशमा उद्योग तथा व्यवसायका क्षेत्रमा सहज वातावरण बन्न नसकेको उहाँको धारणा थियो ।

हाल देशमा पूँजीका कारण अर्थात् पैसाका कारण कुनै व्यवसाय गर्न नसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– जस्तो कि अहिले कुनै एक सानो कम्पनीको आइपिओ खुल्दा पनि १० गुणा, २० गुणासम्म बढी आवेदन पर्दछ, यसैबाट देखिन्छ कि जनतासँग छरिएर रहेको पूँजी धेरै छ, मात्र त्यसलाई एकतृत गरेर लगानीमा लगाउनुपर्छ ।

उहाँले नेपालमा पूँजीको अभावमा नभएर वातावरण र अग्रसरताको अभावमा लगानी बढ्न नसकेको बताउनुभयो । यसैले नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वले देशमा सानादेखि कर्पोरेट तहमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउने काममा सहजीकरण गर्ने धारणा पनि राख्नुभयो ।

उहाँले नेपाल उद्योग वाणिज्य महासंघका देशैभरिका जिल्ला नगरका समस्याहरु एकै खालका रहेका र आफूले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्राका क्रममा यस्तै गुनासा र समस्याहरु सुन्ने गरेकाले ती समस्याको समाधानका लागि देशका स्थानीयदेखि प्रदेश सरकारको ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो– जस्तो कि कतै गृह प्रशासन, कतै राजस्व प्रशासन आदिका समस्या छन्, जिल्ला नगरस्तरका साना व्यवसायीहरुमा परेका यी समस्याको समाधानमा महासंघले स्थानीय स्तरमा समन्वयात्मक रुपमा लाग्नेछ ।

वि.सं.२०७७ पुस १९ आइतवार १३:०० मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...