back
NMB ad

भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन लगत संकलन शुरु

Kumari bank ad

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यववस्थित बसोबासीको लगत संकलन प्रक्रिया शुरु भएको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झौता गरे लगत्तै सो प्रक्रिया शुरु भएको हो । त्यसका लागि नगरभित्रको १०७ टोल विकास संस्थाबाट गणक छनोट गरी उनीहरुलाई आवश्यक परामर्श प्रदान गरिएको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले भूमिसम्बन्धी समस्या समाधानका लागि सैनामैनामा सबै पक्षसँग आवश्यक परामर्श गर्दै आएको बताए । भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीले आफूले बसोबास वा आवाद कमाइ गरेको जग्गा पाउन आयोगले प्रक्रिया शुरु गरेकाले नगरले काम गरिरहेको जानकारी दिए ।

“नगरस्तरीय भूमिसम्बन्धी समस्या समाधान सहजीकरण समिति, वडास्तरीय भूमिसम्बन्धी समस्या समाधान सहजीकरण समिति सबै गठन गरी तीव्र रुपमा काम अगाडि बढाएका छौँ”, प्रमुख कार्कीले भने । नगरपालिकाले भूमिसम्बन्धी समस्या समाधान इकाइ कार्यालयको संयोजकमा सैनामैनाका अधिकृत प्रमोद खनाललाई तोकेको छ भने अधिकृत रामप्रसाद भट्टराई, सन्तकुमार चौधरी र केवशराज अर्याल नगरस्तरीय कार्यालयबाट खट्ने छन् । नगरपालिकामा काम गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगले विसं २०७७ माघ ९ गते प्रथम पटक सूचना प्रकाशित गरिसकेको छ । आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी मिति २०७७ फागुन १३ गतेभित्र वडा कार्यालयमार्फत घरदैलोमा खटिएका लागत संकलन वा सम्बन्धित वडा कार्यालयमा फारममा उल्लेखित विवरणलाई पुष्टी गर्ने प्रमाण वा कागजात सिधै पेश गरिसक्नुपर्ने छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगले आफ्नो काम अगाडि बढाएसँंगै स्थानीयवासीमा उत्साह थपिएको सैनामैनाका थारु अगुवा तथा समाजसेवी खुशीराम चौधरीले बताए । आयोगले सूचना गरेसँगै आफूहरु दिनरात जनताको घरघरमै गएर आयोगले दिएको सूचना अनुसार लागत भर्ने विषयमा बताउँदै आएको वडाध्यक्ष बेल्बासेले बताए । उनले सबै वडावासीलाई आवश्यक समन्वय गर्दै आएको समेत जानकारी दिए । लागत संकलन कसरी गर्ने र कस्ता व्यक्तिका लागि कुन प्रकारको फारम भर्ने भन्ने विषयमा नगरपालिकाले आवश्यक ज्ञान र सहजीकरण गरिरहेको सैनामैनाका गणकको रुपमा छनोट भएका धनश्याम खनालले बताए । सैनामैनाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल र नगरपालिकाका अधिकृत सन्तकुमार चौधरीले लागत संकलन सम्बन्धी प्रशिक्षण दिँदै आएका छन् । ११ वडा रहेको नगरपालिकामा करीब ६० प्रतिशत जग्गा सुकुम्वासी तथा अव्यवस्थित रहेको बताइएको छ ।

 

वि.सं.२०७७ माघ १५ बिहीवार १६:५३ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...