back
NMB ad

आरम्भ चौतारी लघुवित्तको नाफामा १९१ % को छलाङ, खराब कर्जा बढ्यो

Kumari bank ad

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक तेस्रो त्रैमाससम्ममा ७ करोड ८३ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा १९१.५५ प्रतिशतले बढेको छ ।
गत आवको सोही अवधिमा संस्थाको नाफा २ करोड ६८ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले नाफा बढाउन सहयोग गरेको छ ।

गत आवको तेस्रो त्रैमासमा ९ करोड २६ लाख ५० हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा संस्थाको खुद ब्याज आम्दानी २० करोड ३० लाख ६९ हजार रुपैयाँ पुगेको छ ।

यस्तै संस्थाको सञ्चालन नाफा ४ करोड २२ लाख २२ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १२ करोड ५ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।
२८ करोड ६७ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको र जगेडा कोषमा १२ करोड ४२ लाख ५ हजार रुपैयाँ रहेको छ ।

१ अर्ब १७ करोड ८६ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ३ अर्ब ९० करोड ६६ लाख ४६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

संस्थाको खराब कर्जा २.५३ प्रतिशतबाट बढेर ३.६५ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी वार्षिक ३६ रुपैयाँ ४२ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ३१ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार ११:५३ मा प्रकाशित

You can share this post!

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...