back
NMB ad

सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्री समक्ष व्यवसायी माग

Kumari bank ad

काठमाडौं । सुनचाँदको आपूर्ति व्यवस्था सहज वनाउन ब्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन् ।

बजारमा सुनचाँदको आपूर्ति व्यवस्था प्रभावकारी वन्न नसकेकोले ब्यवसायीहरुलाई परम्परागत ब्यवसाय सञ्चालन गर्न नै धौ धौ परेको भन्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् ।

विभिन्न परम्परागत शिप तथा कला संरक्षणमा तथा प्रवर्धन तथा औद्योगिकरण गर्ने उद्देश्यबाट स्थापित बीजी एण्ड ग्रुप कम्पनी लिमिटेड ( विश्वकर्मा गोल्ड एण्ड सिल्भर आर्टिसियन नेसनल ट्रेड सेभिङ ग्रुप कम्पनी लिमटेड) ले कम्पनीका लागि आवश्यक कच्चा पदार्थ (सुन चाँदी) आपूर्तिको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग अनुरोध गरेका हुन ।

कम्पनीका प्रमुख संरक्षक तथा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाइलीले कम्पनीकातर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरिएको हो ।

सोही अवसरमा नेपालका विभिन परम्परागत सिप तथा पेशा अन्तर्गत सुनचाँदी पेशाको संरक्षण साथै स्वदेशी कालिगढको उत्पादनमा जोड दिएर देशमा राजगारीको अवसर सिर्जना गर्न र स्वदेशमै गहना उत्पादन गरी विदेश निर्यात गर्ने कुरामा जोड दिन प्रधानमन्त्रीसँग आग्रह गरिएको थियो ।

नेपालमा सुनको सिफारिस तथा वितरण गर्ने जिम्मा लिएका संघ/संस्थाले सुन आपूर्तिका लागि प्रभावकारी कदम चाल्न नसकीरहेको अवस्थामा व्यवसायीका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिको व्यवस्था गरिदिन प्रधानमनत्री देउवासँग आग्रह गरिएको थियो ।

व्यवसायीको मागमा प्रधानमन्त्री शेरबहादुर देउवाले सकारात्मक प्रतिक्रिया दिनुभएको बताइएको छ ।

वि.सं.२०७८ साउन २५ सोमवार ११:५७ मा प्रकाशित

You can share this post!

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:३९

काठमाडौँ : नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...