back
NMB ad

६९.३५ प्रतिशतले बढ्यो सानिमा लाइफको नाफा, यस्तो छ वित्तीय प्रगति

Kumari bank ad

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विहीबार कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको चालु आवको पुस मसान्तसम्ममा ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिका तुलनामा ६९.३५ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले यस आवमा कुल बीमा शुल्क आर्जन २१.३२ प्रतिशतले वृद्धि भई १ अर्ब १७ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९७ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीले १३ करोड ८३ लाख ९५ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । जसको संख्यामा भने १ हजार २४२ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ३३ करोड २३ लाख ४६ हजार, जीवन बीमा कोषमा २ अर्ब ८२ करोड ९५ लाख ५० हजारर महाविपत्ति जगेडामा ३ करोड ४९ लाख ५२ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३७ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ २७ बिहीवार १०:४८ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...