काठमाडौं, २६ जेठ । महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल अकामा, धुम्बाराही, काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले अध्यक्षद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पारित गरेको छ ।
साधारण सभामा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्नेरगाभिने, गाभे पछि कम्पनीको नाम “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” कायम हुने, दुबै कम्पनीको शेयर अनुपात १:१ कायम गरी गाभ्ने र गाभिने, दुबै कम्पनी एक आपसमा गाभ्दार गाभिदा भएको अन्तिम सम्झौता पत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायीत्वको मुल्याङ्कन गर्न नियुक्त लेखा परिक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
कार्यक्रममा बीमा प्राधिकरणको निर्देशन अनुसार आषाढ मसान्त भित्र दुबै कम्पनी मर्ज भई एकिकृत कारोबार सम्पन्न हुने जानकारी गराइएको गराएको छ ।
वि.सं.२०८० जेठ २६ शुक्रवार १५:५३ मा प्रकाशित