back
NMB ad

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

Kumari bank ad

गोरखा, २१ फागुन : जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न तथा गुनासो र सुझाव दिनका लागि क्युआर कोड प्रयोगमा ल्याएको छ । कार्यालयले प्रवाह गर्ने सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी र जवाफदेही बनाउन क्युआर कोड प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिनुभयो ।

“अबदेखि प्रहरी कार्यालयमा उजुरीका लागि सेवाग्राहीले क्युआर कोड पनि प्रयोग गर्न सक्छन्”, उहाँले भन्नुभयो, “त्यसबाहेक प्रहरी कार्यालयमा गुनासो तथा सुझाव दिन चाहेमा पनि सेवाग्राहीले क्युआर कोडको प्रयोग गर्नसक्ने व्यवस्था कार्यालयले गरेको छ ।” कार्यालयले बिहीबारदेखि क्युआर कोड प्रयोगमा ल्याएको हो ।

प्रहरी कार्यालयमार्फत प्रदान गरिने सेवालाई प्रविधियुक्त बनाउँदै लैजाने उद्देश्यका साथ क्युआर कोड सेवा सुरु गरिएको सूचना अधिकारी खड्काको भनाइ छ । “क्युआर कोडको प्रयोगले प्रहरीको सेवालाई छिटोछरितो गर्न पनि सहज हुनेछ”, उहाँले भन्नुभयो, “सेवा प्रवाहको व्यवस्थापन, जवाफदेही, पारदर्शी बनाई नागरिक सु–सम्बन्ध एवं सुशासन कायम गर्न यसले थप सहयोग पुग्नेछ ।”

सेवाग्राहीलाई क्युआर कोड प्रयोग गर्न कार्यालय आउँदा सहजै देखिनसक्ने ठाउँमा क्युआर कोड टाँसिएको उहाँले बताउनुभयो । नागरिकसँग प्रहरीको सहज पहुँच विस्तारका लागि प्रविधिको प्रयोगले सहयोग पुग्ने प्रहरीले जनाएको छ ।

वि.सं.२०८० फागुन २१ सोमवार १५:०४ मा प्रकाशित

You can share this post!

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

एनसेलद्वारा ‘फाइभजी भिजन’मा आधारित ‘सधैँ अन’ योजना सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १६:४०

काठमाडौँ, २ जेठ : निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी...

९ लाख ८१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

९ लाख ८१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ २ बुधवार १६:३६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:०९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा  गिरावट आएको...

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

वि.सं.२०८१ जेठ २ बुधवार १४:५७

 तनहुँ, २ जेठ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...