back
NMB ad

भोलि दुई कम्पनीको साधारण सभा हुँदै, लाभांश पारित लगायतका यस्ता छन् एजेण्डाहरु

Kumari bank ad

काठमाडौं । भोलि अर्थात जेठ २८ गते दुई कम्पनीको साधारण सभा हुने भएको छ ।

उक्त दिन किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा गर्ने भएका हुन् ।

उक्त दिन लाभांश वितरणको मुख्य प्रस्ताव पारित गर्न किसान लघुवित्तले सभा बोलाएको हो ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत बोनस सेयरलाई समेत अन्तिम रुप दिनेछ ।

यस अघि कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले लाभांश प्रस्ताव संशोधन गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी ३९ करोड २८ लाख ८ हजार रुपैयाँको आधारमा उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।

कम्पनीले थप सर्वसाधारणलाई सेयर निष्काशन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।
साथै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस्तै, जाल्पा सामुदायिक लघुवित्तको तेस्रो वार्षिक साधारण सभा पनि भोलि हुँदैछ ।

कम्पनीको जेठ १ गतेको सञ्चालक समितिको बैठकले बुटवल, रुपन्देहीमा सभा गर्ने निर्णय गरेको हो ।

गत माघमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको कम्पनीले पहिलो वर्ष लाभांश नदिने भएको छ ।

साधारण सभा प्रयोजनका लागि भने जेठ १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने मिति कम्पनीले तय गरिसकेको छ ।

वि.सं.२०७९ जेठ २७ शुक्रवार १६:०१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:०९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा  गिरावट आएको...

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

वि.सं.२०८१ जेठ २ बुधवार १४:५७

 तनहुँ, २ जेठ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...