back
NMB ad

एक दर्जन वाणिज्य बैंकहरुले सार्वजनिक गरे वित्तीय विवरण, कुनको नाफा कति ? (विवरणसहित)

३३ अर्ब ७१ करोड नाफा कमाउँदा तीन बैंकको छलाङ

Kumari bank ad

काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका हुन् ।

हालसम्म संचालनमा रहेका मध्ये एक दर्जन वाणिज्य बैंकहरुले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

२६ वटा वाणिज्य बैंकहरुमध्ये हालसम्म एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, प्रभु, सनराइज, माछापुच्छ्रे, सिटिजन्स, लक्ष्मी, सानिमा र एनसीसी बैंक, स्टयाण्डर्ड चार्टर्ड र एभरेष्ट बैंकले गत आवको असार मसान्सम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

बैंकहरुको विवरण अनुसार १२ वटा बैंकले गत आवको असार मसान्तसम्ममा ३३ अर्ब ७१ करोड ६२ लाख ८८ हजार रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने २९.८९ प्रतिशतले बढी हो । अघिल्लो आवको चौंथो त्रैमासमा बैंकहरुले २५ अर्ब ९५ करोड ५५ लाख १२ हजार रुपैयाँ नाफा गरेका थिए ।

उक्त अवधिमा सबैभन्दा बढी नाफा वृद्धि गर्नेमा स्टायाण्डर्ड चार्टर्ड बैंक रहेको छ । बैंकले गत आवमा ६२.२६ प्रतिशतले नाफा वृद्धि गरि २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ । बैंकले अघिल्लो आवको असार मसान्तमा भने १ अर्ब ७७ करोड ९ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा नाफा वृद्धि गर्नेको दोस्रो स्थानमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक देखिएको छ । बैंकले गत आवको असार मसान्तसम्ममा २ अर्ब २ करोड ३३ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिमा तुलनामा ५१.९७ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने कम्पनीको नाफा १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

नाफा वृद्धि गर्नेको तेस्रो स्थानमा रहेको प्रभु बैंकले पनि गत आवमा ५१.१० प्रतिशत बढाएर २ अर्ब ६० करोड ३ लाख ९६ हजार रुपैयाँ पुर्याएको छ । बैंकले अघिल्लो आवको चौंथो त्रैमासमा भने १ अर्ब ७२ करोड ८ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा भने ग्लोबल आइएमई बैंक पहिलो स्थानमा देखिएको छ । बैंकले गत आवमा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा भने २५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको चौंथो त्रैमासमा बैंकले ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, नाफा बढी कमाउनेको दोस्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ । गत आवको असार मसान्तसम्मा बैंकको नाफा ३८.८६ प्रतिशतले बढेर ४ अर्ब ५२ करोड ५४ लाख २२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब २५ करोड ५८ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

त्यसैगरि गत आवको असार मसान्तसम्म सनराइज बैंकले पनि ४८.६९ प्रतिशतले नाफा बढाएर २ अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ पुर्याएको छ भने एभरेष्ट बैंकले २ अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको चौंथो त्रैमाससम्मको तुलनामा ४३.७७ प्रतिशतले बढी हो ।

उक्त अवधिमा माछापुच्छ्रे बैंकले २ अर्ब १६ करोड ९ लाख, सिटिजन्स बैंकले २ अर्ब २५ करोड ११ लाख ७१ हजार, लक्ष्मी बैंकले १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन् । यी बैंकहरुको नाफा क्रमशः ३४.४२ प्रतिशत, २४.७६ प्रतिशत, १.७६ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको चौंथो त्रैमासमा सानिमा बैंकको नाफामा भने झिनो गिरावट देखिएको छ । गत आवको असार मसान्तमा बैंकको नाफा १.०७ प्रतिशतले घटेर २ अर्ब २९ करोड २९ लाख ९ हजार रुपैयाँ कायम भएको छ । बैंकले अघिल्लो आवमा बैंकको नाफा २ अर्ब ३१ करोड ७८ लाख २१ हजार रुपैयाँ रहेको थियो ।

वि.सं.२०७९ साउन १२ बिहीवार १३:०६ मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख ३० आइतवार ०७:००

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको...

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:४४

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी...

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:३८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...