back
NMB ad

२१.४५ प्रतिशतले घट्यो माछापुच्छ्रे बैंकको नाफा, अन्य सूचक कस्ता छन् ?

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अुनसार ६ महिनाको अवधिमा खुद नाफा २१.४५ प्रतिशत घटेर ८० करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड ५२ लाख रुपैयाँ नाफा गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशत घटेर २ अर्ब ६३ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको नेट फि एण्ड कमिसन आम्दानी ६.५५ प्रतिशत घटेर ५४ करोड ३६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६.६७ प्रतिशत घटेर ३ अर्ब ३४ करोड रुपैयाँ, सञ्चालन नाफा १३.१९ प्रतिशत घटेर १ अर्ब २७ करोड रुपैयाँ र वितरण योग्य नाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १३.३० प्रतिशत बढेर ११ अर्ब ६२ करोड रुपैयाँ, जगेडा कोष ११.३३ प्रतिशत घटेर ५ अर्ब ४५ करोड रुपैयाँ, निक्षेप संकलन १.१० प्रतिशत घटेर १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ र कर्जा प्रवाह २.९९ प्रतिशत बढेर १ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ छ ।

बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ६.१३ रुपैयाँ घटेर १३.८६ रुपैयाँमा झरेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १४.६५ गुणा छ ।

यस्तै, बैंकको कर्जा निक्षेप अनुपात ८०.६१ प्रतिशत, आधार दर ९.७८ प्रतिशत, इन्टेस्ट रेट स्प्रेड ३.९९ प्रतिशत र कस्ट अफ फण्ड ७.२६ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा १.२१ प्रतिशत बढेर २.६२ प्रतिशत पुगेको छ । गत वर्षको पुसमा बैंकको खराब कर्जा १.४१ प्रतिशत थियो ।

वि.सं.२०८० माघ ५ शुक्रवार ०७:०५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:०९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा  गिरावट आएको...

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

वि.सं.२०८१ जेठ २ बुधवार १४:५७

 तनहुँ, २ जेठ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...