back
NMB ad

आइतवार दुई लघुवित्तको एजिएम: मर्जरमा जाने वा प्राप्ति गर्ने मुख्य एजेण्डा

Kumari bank ad

काठमाडौं । आइतवार (पुस १३ गते) मानुषी लघुवित्त र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएका छन् ।

मानुषीले पहिलो साधारण सभा लहरीखर्क रिसोर्ट बनेपामा बिहान ११ बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित, चालू आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, कुनै पनि लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने वा प्राप्ति गर्ने विषयमा छलफल गरी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने कार्यक्रम सभाका लागि तय भएको छ ।

निर्धन उत्थान लघुवित्तले सेलिब्रेसन बैंक्वेट, नक्साल, काठमाडौंमा बिहान १०ः३० बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल तथा पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

साथै, प्रस्तावित २५ प्रतिशत बोनस शेयर र १५ दशमलव ५३ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ । साधारण सभाका लागि निर्धन उत्थानले मंसिर ३० गतेदेखि बुक क्लोज गरेको छ ।

यसर्थ मंसिर २९ गतेसम्मका कायम सदस्यहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

२०७६ पुस ११ गते प्रकाशित

वि.सं.२०७६ पुस ११ शुक्रवार १७:२७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:०९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा  गिरावट आएको...

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

वि.सं.२०८१ जेठ २ बुधवार १४:५७

 तनहुँ, २ जेठ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...