back
NMB ad

फेरियो नेताको दैनिकी, पढ्ने, लेख्ने र परिवारलाई समय दिने

Kumari bank ad

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको दैनिकी यतिबेला फेरिएको छ। बिहान ५ बजे उठेपछि आधा घण्टा पुराना नेपाली गीतसंगीत सुन्ने, त्यसपछि टेबुलटेनिस खेल्ने र नुवाईधुवाई गरेर घरमा भीडभाड लागेका नेताकार्यकर्तासँग भेटघाटमा समय निकाल्नु पर्ने दाहालको हरेक बिहानको यो दैनिकीमा तीन दिनयता हेरफेर छ।

बिहान ७ नबज्दै खुमलटारस्थित निवास आइपुग्ने नेताकार्यकर्तादेखि सर्वसाधारणसम्मका भेटघाटमा उनले दैनिक समय छुट्टाउनु पर्दथ्यो। तर कोरोनाको असरका कारण उनले अहिले अत्यावश्यक बाहेकका भेटघाट स्थगित गरेका छन्। बिहीबारबाट उनले ‘जरुरी’ बाहेकका भेटघाट स्थगित गरेका हुन्। स्वकीयसचिव समेत रहेकी छोरी गंगाले अत्यावश्यक बाहेकका अन्य भेटघाट स्थगित गरिएको बताइन्। ‘विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अध्यक्ष प्रचण्डद्धारा गरिने सम्पूर्ण भेटघाट (अत्यावश्यकबाहेक) हाललाई स्थगित गरिएको छ’, गंगाले भनिन्। गंगाले भेटघाट स्थगित गरिएको सूचना सामाजिक सञ्जालमा राखेकी छन्। त्यसयता चाप पातलिएको छ।

तीन दिनयता दाहालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था बुझ्ने, प्रधानमन्त्री केपी ओलीले बोलाएको छलफलमा सहभागी हुन बालुवाटार पुग्ने र वरिष्ठ नेता माधव नेपालसँग उनकै निवास कोटेश्वरमा पुगेर छलफल गर्ने बाहेक अन्य भेटघाट गरेका छैनन्। ‘भेटघाट प्रायः बन्द छ। अहिले मिलेको फुर्सदको समयमा उहाँ अध्ययनमा हुनुहुन्छ’, दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल) भन्छन्, ‘साहित्य, इतिहाससम्बन्धी किताब पढिरहनुभएको छ। अघिपछि पनि केही समय पढ्नुहुन्थ्यो, अहिले धेरै समय मिलेको छ। परिवारलाई पनि समय दिनुभएको छ।’

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पनि दैनिकी दाहालकै जस्तो बदलिएको छ। कार्यकर्तासँगको भेटघाट पातलो बनाई उनले त्यो सयममा लेख्ने पढने गर्न थालेका छन्। ६ चैतमा रूपन्देहीमा पार्टी काममा सहभागी भई काठमाडौं फर्केका नेपालले पनि त्यसयता दैनिकी केही बदलेका छन्। पहिलेजस्तो भेटघाट बाक्लो गर्दैनन्, उनी पनि। ‘राजनीतिक तहमा आवश्यक पर्दा भेटघाट जारी छ, तर जनस्तरको भेटघाट कम भएको छ’, स्वकीय सचिव मोहन गौतम भन्छन्, ‘नेतासँग बातचित आवश्यकताका आधारमा भइरहेका छन्, नत्र निवासमै हुनुहुन्छ।’

नेपालले तय भएका केही कार्यक्रम रोकेका छन्। ‘अहिले लेख्न पढ्न समय मिलेको छ, उहाँ त्यहीअनुसार लेखपढमा समय निकाल्न थाल्नुभएको छ, यसका लागि अहिले मौका पनि मिलेको छ’, गौतमले भने।

प्रधानमन्त्री केपी ओली स्वास्थ्यलाभमा आराम गरिरहेका छन्। चिकित्सकले अत्यावश्यक बाहेक उनलाई भेटघाटमा रोक लगाइरहेकै छन्। सरकारको नेतृत्वका कारण दिनुपर्ने निर्देशन, केही राजनीतिक भेटघाट बाहेक ओलीले पनि दैनिकीलाई पहिलेजस्तो अति व्यस्त बनाएका छैनन्। फागुन २१ मा मृगौला पुनः प्रत्यारोपण गरेका ओलीलाई भने अहिले आरामकै जरुरत छ।

तर, पनि उनले यसबीचमा सार्क राष्ट्रहरूको भिडियो कन्फरेन्स, नेकपा सचिवालय बैठकदेखि राष्ट्रका नाममा सम्बोधन गर्नेसम्मका काम गरेका छन्। ‘प्रधानमन्त्रीको दैनिकीमा कोरोना प्रभावका कारणभन्दा पनि मृगौला पुनः प्रत्यारोपणका कारण आराम गर्नुपर्ने, भेटघाट घटाउनु पर्ने र अत्यावश्यकमात्र भेटघाट गर्नुपर्ने अवस्था रहेकाले पनि केही दैनिकी बदलिएको छ’, प्रधानमन्त्रीका निजी सचिवालयका एक कर्मचारीले भने।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि भेटघाट बन्द गरेका छन्। उनले रोगले आक्रान्त पार्नुअगावै सावधानी अपनाउनु पर्ने भन्दै भेटघाट बन्द गरेका हुन्। ‘कोरोना भाइरसका कारण रोगले आक्रान्त पार्नुअगावै हामीले पनि सावधानी अपनाउनु आवश्यक भएकाले स्वयंबाटै सामाजिक दुरी कायम गर्न सुरु गर्नुपर्छ’, पौडेल भन्छन्, ‘अत्यावश्यक काम, कुराकानी टेलिफोन सम्पर्कबाटै गर्न सुरु गरौं।’

राजनीतिक दलका अन्य नेताले पनि अहिले भेटघाटलाई कटौती गरेका छन्। त्यस समयमा पढ्ने लेख्ने, परिवारलाई समय दिने काममा अहिले समय खर्चिन थालेका छन्। लेख्न पढ्नका लागि समय नमिलेको गुनासो गर्ने नेतालाई अहिले घरमै बसेर अध्ययन गर्न थालेका हुन्। केही नेताले यो समय सदुपयोग गर्न नयाँ नयाँ किताबको पनि जोहो गरेका छन्। पार्टीका गतिविधि पनि फेरिएका छन्। दलहरूले पूर्वनिर्धारित कार्यक्रममा फेरबदल गरेका छन्।

नेकपाको तीन महिने पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध सुधार अभियानका कार्यक्रम फेरिएका छन्। यसलाई कोरोना रोकथाम र नियन्त्रणका लागि जागरण अभियान चलाउने गरी कार्यक्रम हेरफेर गरिएको नेकपाले जनाएको छ। कांग्रेसले पनि सहरदेखि गाउँसम्म सतर्कता र चेतनाको अभियान पार्टीसम्वद्ध संघसंस्थाले सञ्चालन गरिरहेको जनाएको छ।(अन्नपूर्ण पोष्टबाट साभार)

वि.सं.२०७६ चैत १० सोमवार ०९:४० मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...