back
NMB ad

सप्तरीदेखि झापाको भद्रपुरसम्मको हुलाकी राजमार्ग दुई वर्षमा सञ्चालनमा आउने

Kumari bank ad

सप्तरी । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । तीन सय ४३ किलोमिटर लामो हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ ।

हुलाकी सडकको कामबारे आइतबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिनुभएको छ । प्रमुख पाण्डेले करिब ४८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

चालु आर्थिक वर्षमा पुलको काम सम्पन्न गर्ने र दुई वर्षभित्रमा सडकको काम सम्पन्न गरिने प्रमुख पाण्डले जानकारी गराए । उनले मन्त्री घिमिरेलाई झापाका आठ वटा पुल र मोरङको रतुवामाईमा रहेको पुलका लागि बोलपत्र आह्वानको काम भइसकेको बताए ।

उनले भने, “रङ्गेली र विराटनगरमा सडकमा केही समस्या छ ।” रङ्गेलीको केही स्थानमा निर्माणको डिजाइनअनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पूर्वपश्चिम जोड्नका लागि समस्या भएको प्रमुख पाण्डेको भनाइ छ । हुलाकी राजमार्गमा कुन सडकबाट जोड्नेबारे समस्या भएको उनले बताए । उनका अनुसार विराटनगरमा छ किलोमिटर सडकमा समस्या भएकाले बोलपत्रको काम हुन सकेको छैन ।

सामाजिक विकासमन्त्री घिमिरेले आगामी दुई वर्षभित्रमा राजमार्ग सञ्चालन गर्ने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिए । उनले सडक निर्माणमा भएका समस्याबारे प्रदेश सरकारले पनि पहल गर्ने भन्दै हुलाकी सडकको चर्चा धेरै भए पनि काम नदेखिएको मन्त्री घिमिरेले चिन्ता व्यक्त गरे ।

मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरङ र सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिएका छन् । प्रमुख ज्ञवालीले चालु आर्थिक वर्षभित्रमा करिब १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताए ।

पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पूरा हुन नसकेको उनले बताए । सडक निर्माण भए पनि पुल निर्माण सम्पन्न नहुँदा समस्या भएका पुलको निर्माण भइरहेको मन्त्री घिमिरेसमक्ष जानकारी गराएका थिए ।

महेन्द्र राजमार्गपछिको दोस्रो महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग निर्माणका लागि दक्षिणी क्षेत्रका जनताले वर्षौंदेखि आवाज उठाइरहेका छन् । यो मार्ग निर्माण भएपछि महेन्द्र राजमार्गको भारमा कमी आउने र दक्षिणी क्षेत्रका जनताको जीवनस्तरमा पनि परिवर्तन आउने सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।

उनले यो मार्ग तराईको दक्षिणी क्षेत्रको जनताको उन्नतिको लागि महत्वपूर्ण मानिएको र यसको निर्माणसँगै बसाइँसराइमा पनि कमी आउने धारणा राखे ।

वि.सं.२०७७ मंसिर २२ सोमवार ०९:३८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:०९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा  गिरावट आएको...

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

वि.सं.२०८१ जेठ २ बुधवार १४:५७

 तनहुँ, २ जेठ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...