back
NMB ad

भारतमा किसानमाथि प्रहरी कारवाहीमा एकको मृत्यु   

Kumari bank ad

नयाँदिल्ली, १० फागुन 
भारतको उत्तरी राज्य हरियाणामा बुधबार आन्दोलित किसानहरूमाथि प्रहरीले रबरको गोली र अश्रु ग्यास प्रहार गर्दा एक युवा किसानको मृत्यु भएको र अन्य केही घाइते भएको अधिकारीहरूले बताएका छन् ।

किसानको मृत्यु राष्ट्रिय राजधानी नयाँदिल्लीबाट करिब एक सय २१ किलोमिटर टाढा पञ्जाब र हरियाणाको बीच सीमाविन्दु खनौरीमा भएको हो । प्रहरीका अनुसार २० वर्षीय शुभकरण सिंह प्रहरी कारवाहीमा मारिएका हुन् । यद्यपि हरियाणा प्रहरीले उक्त आरोपलाई अस्वीकार गरेको छ ।

“खनौरीबाट तीन जना बिरामी हामीसँग आएका छन्, तिनीहरूमा एक जनाको यहाँ आइपुग्दा मृत्यु भएको छ, गोली लागेको जस्तो देखिएका अन्य दुईको अवस्था गम्भीर छ तर यसको पुष्टि गर्न सकिँदैन”, पटियालाका राजेन्द्र अस्पतालका वरिष्ठ चिकित्सा अधिकारी रेखीलाई उद्धृत गर्दै भनिएको छ, “यहाँ आइपुग्दा मरिसकेका व्यक्तिको टाउकोमा गोली लागेको थियो तर गोलीको आकारजस्तो अधिक जानकारीको पुष्टि शव परीक्षणपछि मात्र थाहा हुनसक्छ ।”

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि मृत्युको पुष्टि गर्नुभयो । प्रहरीले किसानको आन्दोलन रोक्नका लागि अम्बाला जिल्ला नजिकै अर्को सीमा विन्दु शम्भूमा अश्रु ग्याससहित रबरको गोली चलाएको छ ।

जारी विरोध प्रदर्शन अन्त्य गर्ने प्रस्तावका रूपमा आगामी पाँच वर्षका लागि न्यूनतमा सुरुक्षा मूल्यमा किसानबाट दाल, मकै र कपासको बाली खरिद गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरेपछि किसानहरूले बुधबार नयाँदिल्लीमा पुनः आन्दोलन सुरु गरेका छन् ।

भारतको सङ्घीय सरकारले बुधबार किसानहरूलाई शान्ति कायम राख्न आग्रह गर्दै समाधानका लागि पाँचौँ चरणको वार्ता गर्न तयार रहेको जनाएको छ ।

भारतमा यसै वर्ष आसन्न आम निर्वाचन र प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको अवसर खोजिरहेका बेला किसानहरूको विरोध प्रदर्शन चलिरहेको छ ।

वि.सं.२०८० फागुन १० बिहीवार १६:३९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २ बुधवार १५:०९

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा  गिरावट आएको...

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

वि.सं.२०८१ जेठ २ बुधवार १४:५७

 तनहुँ, २ जेठ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...